रेडियो संकेत

परिवर्तनको आवाज

अब्यबस्थित रुपमा मकै बेच्ने गैंडाकोटका कृषक संयमित बन्दै ।।

1 min read

गैंडाकोट , बैशाख १

पुर्ब पश्चिम राजमार्ग अन्र्तगत गैंडाकोटमा ७ पर्ने ढाटमा डोको र झोलामा मकै बेचेर जिवन गुजारीरहेका स्थानिय ले ब्यवस्थीत रुपमा मकै बेच्न सुरु गरेका छन् । केहि दिन अघि गैंडाकोट नगरपालिका र ईलाका प्रहरी कार्यालय गैंडाकोटले अब्यबस्थीत रुपमा मकै बेच्ने गरेकोले दुर्घटनाको संभावना बढेको भन्दै राजमार्ग छेउछाउमा मकै बेच्न रोक लगायको थियो । बन्देज लागाए लगत्तै संघर्षमा उत्रियका स्थानिय कृषकले गैंडाकोट नगरपालिका र ईलाका प्रहरी कार्यालय संग संझौता गरी बिभिन्न एन नियम बनाइ मकै बेच्न सुरु गरेको छन् ।

एक ब्यापारी र अर्को ब्यापारी बिच दुरी २० मिटर हुनुपर्ने सबरी साधनलाई नै असहज हुने गरी मकै बेच्न दौडन नपाईने हातमा मकै राखी राजमार्गमा गएर मकै बेच्न नपाईने र भएको खण्डमा जरिवाना हुने ब्यबस्था गरे लगत्तै कृषकले संयमित रुपमा मकै बेच्न थालेका छन् ।

केहि समय पहिला राजमार्गमा यात्रा गर्दा समस्या हुने गरेको तर अहिले सहज भएको सबारी साधन सञ्चालनमा समस्या नरहेको स्थानिय चन्द« सापकोटाले बताय । गैंडाकोट नगरपालिका वडा नं ७ क्षेत्र मकै पकेटको रुपमा रहेकोले पकेट एरिया वनाउने र थुम्सीको पुल नजिकै रहेको गौली गु्रपको खालि ठाउमा छिट्टै ब्यबस्थीत रुपमा कृषकको उत्पादन बिक्री गर्ने ठाउ बनाउने गैंडाकोट नगरपालिका का नगर प्रमुख छत्रराज पौडेलले बताउनु भएको छ ।

1 thought on “अब्यबस्थित रुपमा मकै बेच्ने गैंडाकोटका कृषक संयमित बन्दै ।।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.