रेडियो संकेत

परिवर्तनको आवाज

एम्बुलेन्स सहित बिरामी लिन आफै खटिए वडा अध्यक्ष- कंडेल

1 min read

गैंडाकोट,चैत१६

बिश्वब्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (covid 19) को प्रकोप बडदै गइरहेको र केही देश हरु मा माहामारी कै रुप पनि लिसकेको छ । अहिले नेपाल भर नै लकडाउन को नियम लागू भए सङै आ-आफ्नो क्षेत्र बाट रोग लाग्न नदिनका लागि सचेतना अपनाइएको छ । तर यहि लकडाउन मा केही अत्यावश्यक सेवा बाट भने सर्वसाधारण बन्चित रहनु परेको समाचार बाहिर आउन थालेका छन् । नेपाल सरकार ले अत्यावश्यक बस्तु हरु संचालक मा ल्याउन भने पनि यहाँ ती सेवा हरु संचालन हुन नसकेको गैंडाकोट वडा न ५ को घटना ले प्रसट्याउछ, दस दिन अधि सुनौली नाका बाट भित्रिय गैंडाकोट ५ बैकुण्ठ नगर का २३ वर्ष का सापकोटा थर का एक ब्याक्ती उन लाई तीन दिन देखि लगातार उच्च ज्योरो आयो लकडाउन ले गर्दा सवारीसाधन पाउन हम्मेहम्मे पर्यो “एम्बुलेन्स लाई फोन गरे ज्योरो को बिरामी हामी बोक्दैनौ भन्ने जवाफ आयो ” सापकोटा ले भने आफू लाई पनि संक्रमण हुसक्ने आसङ्का ले जबर्जस्ति हस्पिटल जान पनि मन लागेन सुरक्षित रुप मा जान्छु भन्यो साधन पाइएन आज तेस्रो दिन वडा अध्यक्ष ले थाह पाएर आफैले घरमै एम्बुलेन्स लिएर आउनु भो अब उपचार पाउने मा ढुक्क छु” बिरामी सापकोटा को भनाइ । बिरामी लाइ अहिले वडा अध्यक्ष को पहल मा भरतपुर अस्पताल पुर्याइएको छ ।सरकार को निर्देशन र आफू वडा को अभिभावक भएकाले वडा वासि कै सेवा मा दिन रात खटिएको र पछिल्लो समय एम्बुलेन्स चालक हरु लाई एप्रोन बिशेष प्रकार को ज्याकेट ललाएत का सुरक्षा सम्बन्धि सामाग्री उपलब्ध गराउने र एम्बुलेन्स नपाए वा कुनै स्वास्थ सम्बन्धि समस्या परे सिधै सम्पर्क गर्नु हुन आग्रह समेत उन ले गरे, साथै एम्बुलेन्स को विकल्प मा गैंडाकोट नगरपालिका मा रहेका सम्पुर्ण सवारी साधन ,आफ्नै निजि सवारी साधन वा सहयोग का रुप मा समेत सवारीसाधन बिरामी हरु लाई उपलब्ध गराइ आफ्नो कर्तव्य निर्वाह गर्ने र बिदेश लगाएत का ठाउँ बाट आएका हरु को जानकारी भएमा सम्पर्क गर्न समेत आग्रह गर्दछु ।यता जिल्ला कै सुगम मानिएको गैंडाकोट नगरपालिका मा बिरामी ले एम्बुलेन्स नपाएको विषयमा गैंडाकोट नगरपालिका का मेयर छत्रराज पौडेल ले नगरपालिका भित्र चार एम्बुलेन्स रहेको दुई वटा अन्य जिल्ला मा बिरामी बोकेर गएको एउटा ग्यारेज मा मर्मत हुँदै गरेको र एउटा ले खबर पाए सम्म बिरामी बोकि रहेको बताउदै गैंडाकोट मा एम्बुलेन्स को कमि नभएको र आवश्यक परे ईलाका प्रहरी कार्यलय, नगरपालिका मा रहेका अन्य साधान पनि संचालन मा ल्याउन सकिने बताउदै बाहिर आएका समाचार हरु को पछि नलागी ज्यान को सुरक्षा मा लाग्नुहुन सम्पुर्ण नगरवासी हरु लाई आग्रह समेत गरे । साथै नगरपालिका भित्र संचालित एम्बुलेन्स चालक हरु लाई सुरक्षा सम्बन्धि सामाग्री उपलब्ध गराइ सकिएको बताए ।

1 thought on “एम्बुलेन्स सहित बिरामी लिन आफै खटिए वडा अध्यक्ष- कंडेल

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.