रेडियो संकेत

परिवर्तनको आवाज

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुद्धारा मध्यविन्दु जिल्ला अस्पताललाई स्वाब संकलन बुथ हस्तान्तरण

1 min read

ज्ोष्ठ १० गते ।
कावासोती । राष्ट्रिय युवा संघ नेपाल नवलपुर र अनेरास्ववियु नवलपुरद्वारा नवलपुरको एकमात्र जिल्ला अस्पताल मध्यविन्द अस्पताललाई कोरोना परिक्षणको नमूना संकलन गर्नका लागि स्वाब संकलन बुथ हस्तान्तरण गरेको छ । शनिबार मध्यविन्दु जिल्ला अस्पताल डन्डाको परिसरमा संघीय सांसद एवं नेकपाका केन्द्रिय सदस्य तिलक महतले अस्पतालका अध्यक्ष डा गोपाल खनाललाई बुथ हस्तान्तरण गर्नुभएको हो । कोरोना संक्रमितको संख्या बढे सँगै विभिन्न स्वास्थ्य केन्द्रहरुमा आरडिटि परिक्षण र स्वाब संकलनको दर पनि बढदै गएको र जसले गर्दा स्वास्थ्यकर्मी पनि जोखिममा पर्न सक्ने भन्दै जोखिम न्यूनीकरणका लागि राष्ट्रिय युवा संघ नेपाल नवलपुर र अनेरास्ववियु नवलपुरले ६५ हजारको लागतमा बुथ निर्माण गरि जिल्ला अस्पताललाई हस्तान्तरण गरेको राष्ट्रिय युवा संघ नेपाल नवलपुरका अध्यक्ष कृष्ण कंडेलले बताउनुभयो । स्वाब संकलन बुथ हस्तान्तरण गर्दै सांसद महतले युवा संघ र अनेरास्ववियुले विपतको समयमा अग्रस्थानमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरि समाजमा रचनात्मक कार्य गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

सांसद महतले पार्टीका भातृ संस्थाका रुपमा रहेको राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु लाई यो विपतको समयमा विभिन्न सचेतना कार्यक्रममा लाग्न निर्देशन दिदै हरेक सवै जनतालाई सहयोग गर्न सुझाव दिनुभयो ।

अनेरास्ववियुका अध्यक्ष ठाकुर पराजुलीको सहजीकरण र राष्ट्रिय युवा संघ नेपाल नवलपुरका अध्यक्ष कृष्ण कंडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा का नवलपुर सह इन्चार्ज किसन गैरे , जिल्ला सचिव मित्रसरण शर्मा विहानी , पार्टीका जिल्ला सदस्यहरु एवं राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य मदन गिरी , राष्ट्रिय युवा संघ नेपाल नवलपुरका जिल्ला नेताहरु , अस्पताल विकास समितिका अध्यक्ष डा. गोपाल खनाल, जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद आचार्य , अस्पतालका मेडिकल सुपरीन्टेन्डन् लगायत अन्य चिकित्सकहरुको सहभागितामा रहेको थियो ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.