वडामा संचालित क्वारेनटाइनहरुलाई स्प्रे मेसिन हस्तान्तरण
1 min read
गैंडाकोट,१४जेठ
लायन्स क्लव अफ गैंडाकोट कालीगण्डकी र वातावरण विकास तथा अनुसन्धान केन्द्र नेपालले गैंडाकोट नगरपालीका भित्र संचालित क्वारेन्टाईनहरुलाई आवश्यक पर्ने स्प्रे मेसिन हस्तान्तरण गरेको छ ।
गैंडाकोटको नेपाल राष्ट्रिय शम्सेर आदर्श मा वि क्वारेन्टाइन स्थानमा आयोजित एक कार्यक्रम का बिच लायन्स क्लव अफ गैंडाकोट कालीगण्डकी तथा वातावरण विकास तथा अनुसन्धान केन्द्रले स्थानिय जनप्रतिनिधिहरुलाई ६ थान स्प्रे मेसिन हस्तान्तरण गरेको हो । स्प्रे मेसिनलाई क्वारेन्टाइनको सरसफाई तथा किटाणुहरु निर्मुल पार्ने काममा प्रयोग गर्न सकिने लायन कृष्ण कंडेलले जानकारी दिएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा गैंडाकोट नगरपालिका वडा नम्बर ११ का वडाका अध्यक्ष गोविन्द सुवेदिले पछिल्लो समयमा स्थानिय स्तरमा संचालनमा आएका क्वारेन्टाइनहरु प्रति समाजको धारणा सकारात्मक हुँदै गएकोमा सन्तोष व्यक्त गर्दै नेपाल भित्रिएका प्रवासीहरुलाई क्वारेन्टाइनमा ल्याउन सकिएन भने अवस्था गम्भिर हुनसक्ने भएकाले सामाजिक कार्यमा लागेका कार्यकर्ताहरुलाई आफ्नो नगर भित्र भित्रिएका लाई क्वारेन्टाईन सम्म पुर्याउन सहयोग गरिदिन आग्रह गरेका छन् । वडा अध्यक्ष सुवेदीले लायन्स क्लव अफ गैंडाकोट कालीगण्डकी र वातावरण विकाश तथा अनुसन्धान केन्द्रले उपलब्ध गराएको स्प्रे मेशिनहरु नगरका सवै क्वारेन्टाइनहरुमा पुर्याईने जानकारी दिँदै सरसफाईका लागि क्वारेन्टाइनलाई अत्यान्तै आवश्यक पर्ने स्पे मेशिन उपलब्ध गराएकोमा दुबै संस्थाहरूप्रति कृतज्ञता ब्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाल राष्ट्रिय शम्सेर मा वि क्वारेन्टाइन व्यवस्थापन समिती संयोजक सुरेन्द्र रेग्मी,वडा नं ७ का वडाध्यक्ष चोलानाथ उपाध्याय, वडा नं २ का वडाध्यक्ष ध्रुबराम पोडेल र वडा नं. १ का वडाध्यक्ष हरि प्रसाद सापकोटा लगाएत रमेश ढकाल लगायतका अतिथीहरूले पनि आ आफ्नो धारणा राखेका थिए ।
वातावरण विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष थानेश्वर चलिसेको अध्यक्षतामा र डीस्इन्फेक्सन स्प्रे कार्यक्रमका संयोजक तथा लायन्स क्लब अफ गैँडाकोटका कालिगण्डकीका सचिव कृष्ण कंडेलले सहजीकरण गरेका थिय ।