रेडियो संकेत

परिवर्तनको आवाज

नर्सिङका विद्यार्थीहरुले क्वरेन्टाइनमा बस्नेलाई गरे खाद्यान्न सहयोग

1 min read

गैंडाकोट,१५ जेठ

पुरानो मेडिकल कलेज भरतपुरका विएससी नर्सिङमा अध्ययनरत विद्यार्थीहरुले भारत लगाएत का देश बाट फर्कने लाई बिहिवार खाद्यान्न लगाएत का सामाग्री प्रदान गरेका छन् । क्वारेन्टाइन मा बस्ने का लागि खाद्यान्न अभाब नहोस भनी उक्त परिमाणमको खाद्यान्न सामग्री प्रदान गरेका हुन । लायन्स क्लव अफ गैंडाकोट कालिगण्डकी र वातावरण विकास तथा अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा गण्डकी प्रदेश प्रवेश नाका भएर हिड्ने सवारी साधन लाई सेनेटाइजेसन गर्ने कामले चर्चा पाए सङै उनीहरुले गैडाकोटनगरपालिका भित्र कोरोना संक्रमण कोभिड १९ फैलन नदिन ब्यबस्थित क्वारेनटाइन लाई समेत सहयोग गर्दै आएका छन।

यिनै दुई संस्था ले सामाजिक उत्तरदायी भुमिका निर्वाह गरेको र आफू हरु ले गरेको सहयोग सम्बन्धित ठाउँमा पुग्ने भन्दै विद्यार्थी प्रतिनिधि अभिषेक काप्रीले एक कार्यक्रम का बीचमा सहयोग हस्तान्तरण गरेका हुन । विएससी नर्सिङमा अध्ययनरत रुजा श्रेष्ठ सहितका विद्यार्थीहरु मिलेर खाद्यान्न सहयोग गरेका हुन । लायन्स क्लव अफ गैडाकोट कालिगण्डकीका अध्यक्ष भोजराज भुषालका अनुसार विद्यार्थीको समुहले १ बोरा चिउरा, २ बोरा भुजा, २५ कार्टुन पानी, केही कार्टुन चाउचाउ, केही कार्टुन विस्कुट र अन्य खाद्यान्न सामाग्री सहयोग गरेको जानकारी दिएका छन् । सुर्खेत को भारत सिमाना बाट आउने नेपाली को दु:खद भिडियो सामाग्री आफुहरु ले देखेको र यो खाद्यान्न सामाग्री सुर्खेत पुर्याउन नसकियकाले पनि भरपर्दो संस्था र बिपत्ति का बेला निस्वार्थ भाबनाले काम गर्ने संस्था लाई दिए सम्बन्धित ठाउँमा पुग्ने आशाले गैंडाकोट नगरपालिका मा रहेका क्वारेन्टाइन मा पुग्ने बिश्वास ले सामाग्री गैडाकोटमा आई हस्तान्तरण गरेको विद्यार्थीहरुले बताएका छन् ।

कार्यक्रममा लायन्स कोअर्डिनेटर देशवन्धु सिग्देल, वातावरण विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष थानेश्वर चालिसे र कार्यक्रम संयोजक कृष्ण कडेँलले खाद्यान्न सामाग्री यसरि सस्थाको जिम्मा लगाउनु भएकोमा खाद्यान्न समाग्री सम्बन्धित स्थानमा पुग्ने मा ढुक्क हुन आग्रह गरेका छन् ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.