रेडियो संकेत

परिवर्तनको आवाज

नवलपुरको सदरमुकामको पूर्वाधार निर्माणमा बजेट विनियोजन

1 min read

नवलपरासी पूर्व नवलपुरको सदरमुकामको पूर्वाधार निर्माणमा सरकारले बजेट विनियोजन गरेको छ । सरकारले नवलपरासी पूर्व नवलपुरको सहित रुकुम पूर्व र मध्ये महाडी लोकमार्गमा व्यवस्थित सहर निर्माणका लागि २ अर्ब बजेट विनियोजन गरेको छ ।
नवलपुरको कावासोती स्थिति नमूना सदरमुकाम निर्माण स्थलमा आवश्यक पूर्वाधार निर्माणकालागि सरकारले बजेट विनियोजन गरेको हो ।
सदरमुकाम निर्माणका लागि सरकारले बजेट विनियोजन गरेपछि यहा“का स्थानीय खुसी भएका छन् । बजेट विनियोजन गरेर औपचारिक रुपमा कार्य थालनिहुने भएपछि स्थानीय खुसी भएका हुन । विनियोजन गरेको बजेटले सदरमुकाम निर्माणको कार्य थालनी गर्नेहुदा सकारात्मक भएको स्थानीय समाजसेवी डोरमान गिरीले बताउनुभयो । विनियोजन बजेटले सङ्घ,प्रदेशका कार्यालयहरू एकै स्थानमा निर्माण हुने एकै स्थानबाट सेवा प्राप्त गर्न समेत सहजता मिल्ने हुदा आफूहरू उत्साही भएको उहा“ले बताउनुभयो ।


देश सङ्घियतामा गएसँगै साविक नवलपरासीबाट पूर्वी भाग नवलपुर छुट्टिएर गण्डकी प्रदेशमा परेसँगै यहाँ नमूना सदरमुकाम निर्माण गर्ने पहल थालिएको थियो । नेपाल सरकारको नाममा रहेको एक सय ८५ बिघा जग्गामा सङ्घ, प्रदेश र स्थानीय तहका एकिकृत कार्यालय रहने गरी सदरमुकाम व्यवस्थापन गर्न लागिएको छ । नमूना सदरमुकाम निर्माणको शिलान्यास २०७६ बैशाख ७ गते प्रधामन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.