रेडियो संकेत

परिवर्तनको आवाज

पशुपालन समुह नवलपुरद्धारा आफ्नो उत्पादन डम्पिङ्ग साईटमा फालेको घटना प्रति घोर निन्दा र भत्सर्ना

1 min read

कावासोती,जेष्ठ १९असिफ गुरुङ्ग

रिटर्नी कृषि तथा पशुपालन समुह नवलपुरले आईतबार पोखरा र अर्घाखाँचीमा प्रहरी र स्थानीय जनप्रतिनिधिद्धारा किसानको उत्पादन डम्पिङ्ग साईटमा फालेको घटना प्रति घोर निन्दा र भत्र्सना गरेको छ । समूहका अध्यक्ष नेत्रनारायण थनेतको हस्ताक्षरित एक अपिल निकाल्दै समूहले बिरोध गरेको हो । किसानको उत्पादन डम्पिङ्ग साईटमा फालेर तरकारीमा आत्मनिर्भर उन्मुख नेपाली किसान माथि जघन्य अपराध गरेको रिटर्नी कृषि तथा पशुपालन समुह नवलपुर शाखाले ठहर गरेको समूहका अध्यक्ष थनेतले बताउनु भयो । यस्ता घटनाले मुलुकलाई सधैं परनिर्भर, खाद्यान्न संकट एवं किसान स्वयंलाई भोकमरीमा धकेल्ने काम गरेको पनि अपिलमा उल्लेख गरिएको छ । कोभिड १९ का कारण विश्व महामारीको संकटमा नेपाली किसानहरुले बिउको मुल्य समेत उठाउन नसकेको अवस्थामा तरकारीबाट कोरोना सर्ने भन्दै फालिएको यस घटनामा किसानको उपजको जिम्मा सरकारले लिन र किसानलाई तत्काल क्षतिपुर्ति दिन दबाब सहित आग्रह गरेको छ । अपिलमा समूहले देशभरका आम किसान, उपभोक्ता, कृर्षि उद्यमी, संचारकर्मी एवं सम्पूर्ण किसान संघ संस्थाहरु एकजुट भएर घटनाको प्रतिकार गर्न समेत अपिल गरेको छ । रिटर्नी कृषि तथा पशुपालन समुह बिदेशबाट सिप र पुँजी आर्जन गरि फर्किएका नेपालीहरुको साझा समूह हो । यहि समूहको पहलमा नवलपुरको कावसोती नगरपालिकामा नेपालकै ठूलो तथा आधुनिक तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र भण्डार निर्माण कार्य समेत गरिरहेको छ । सरकारको ७० प्रतिशत र समूहको ३० प्रतिशतको लगानीमा चिस्यान केन्द्र निर्माण भईरहेको छ । कोभिड १९ का कारण जारी लक डाउनको जोखिमपुर्ण अवस्थामा पनि नवलपुर सहित आसपासका बिभिन्न जिल्लाका कृषकहरुले उत्पादन गरेका हरियो तरकारीहरु खरिद गरेर काठमाडौंमा ढुवानी गरि बिक्री वितरण गरिरहेको छ समूहले स्वयं आफैलेपनि २५ बिगाह जग्गा भाडामा लिएर विभिन्न तरकारी उत्पादन गरिरहेको समूहका अध्यक्ष थनेतले बताउनुु भयो । चिस्यान केन्द्र निर्माण भएपश्चात बेमौसमी तरकारी तथा फलफुल उत्पादन गरि भण्डारण गरि बाह्रैमासे तरकारी र फलफुलको मागलाई नेपाली बजारमा आपुर्ति दिलाउने र देशलाई कृर्षिमा आत्मनिर्भर बनाउने लक्ष्य समूहले लिएको छ ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.