रेडियो संकेत

परिवर्तनको आवाज

देश चलाउन युवालाई दिनु पर्ने गैंडाकोटका युवा को माग

1 min read

गैंडाकोट,जेठ १९

गैंडाकोट मा सोमबार गैंडाकोटकै स्थानीय युवाहरूले रास्ट्रचलाउन युवाको नेतृत्व को माग गरेका छन । कुनै पार्टी वा दल मा नलागेका युवाहरूले गैंडाकोट नगरपालिका का मुख्य बजार क्षेत्रमा राष्ट्रिय झन्डा सहित नगर परिक्रमा गरेका छन् । कार्यक्रम मा सहभागी युवा झलक मल्ल ठकुरीले विकासको रथ तान्ने आधारभूत शक्ति भनेको युवा-वर्गको शक्ति हो, त्यो शक्ति को यति बेला देशलाई खाचो रहेको बताएका छन् । “

युवा-युवतीहरूका जोस र जाँगरको अगाडि जस्तोसुकै कठिन चुनौतीले पनि शिर निहुराउन पर्छ, अत अब देश बनाउने पालो युवा को रहेकाले युवा नेतृत्व को पालो रहेको र युवाहरूका आट र उत्साहको इन्धन प्राप्त गर्दा देशले विकास मार्गमा आएका जुनसुकै हाँक र बन्धनलाई सजिलै परास्त गर्न चुँडाल्न र विकासको अभियानमा देशलाई समृद्धि को बाटोमा लान सक्ने कार्यक्रममा सहभागी युवा देब तिमिल्सिनाले बताएका छन् । युवाहरू देश विकासका ऊर्जा हुन् जसको अदम्य आँट र हिम्मत लाई देश विकासमा राम्ररी प्रयोगमा ल्याउन सकेमा जुनसुकै मुलुकले पनि विकासको गतिमा तीव्रता प्राप्त गर्नेमा युवाहरूले जोड दिएका छन । कार्यक्रममा प्रकाश सापकोटा सुदर्शन प्रसाद खरेल, गणेश सापकोटा लगाएत सयौं युवाहरु को सहभागी रहेको थियो ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.