रेडियो संकेत

परिवर्तनको आवाज

निर्णयका बारेमा कुनै खालको पुर्नबिचार नहुने नगरप्रमुख पौडेल

1 min read

जेष्ठ २० , गैंडाकोट ।

गैडाकोट नगरपालिका अन्तरगत शिक्षा शाखाले पछिल्लो समय विद्यालय व्यवस्थापन गठन सम्वन्धमा गरेको निर्णय फीर्ता लिन माग गर्दैै मंगलबार गैंडाकोट नगरपालिकाका नगर उपप्रमुख विष्णु कुमारी कंडेलको नेतृत्वमा बुझाइएको ध्यानाकर्षण पत्र बुझेपछि पत्रकारह्ररु सँग कुरा गर्दै नगर प्रमुख छत्रराज पौडेलले नगरशिक्षा समितिले विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धमा गरेको निर्णयका बारेमा कुनै खालको पुर्नबिचार नहुने बताउनुभएको छ । प्रमुख पौडेलले कानुन सम्मत गरिएको निर्णयबाट आफु पछि नहट्ने भन्दै विधि र नियमको अध्ययन गर्न सबैलाई आग्रह समेत गर्नु भयो । गत बैशाख २४ गतेको निर्णय अनुसार बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष रहने भनी बिद्यालय हरुलाई पठाइएको पत्र सम्बन्धमा पत्रकारहरु सँग कुरा गर्दै नगरप्रमुख पौडलले आर्थिक रुपमा नगरलाई पारदर्शि बनाउनका लागी आफुले कुनै सम्झौता नगर्ने प्रष्ट पार्नुभयो । नगर प्रमुख पौडेलले संघिय कानुन बनीसकेपछि कायर््पालिकाले बनाएको कार्यविधि स्वतः निस्कृय हुने भन्दै आफु ऐन अनुसार अगाडि बढेको बताउनुभयो । शिक्षा सम्बन्धि ऐन नियमहरु राम्रोसँग अध्ययन गर्न आग्रह गर्दै नगरप्रमुख पौडेलले ८ औं संसोधनको १२ औं नम्बरको बुँदालाई टेकेर आफुले सहि निर्णय गरेको बताउदै विरोधका लागि विरोध गर्नुको कुनै तुक नभएको बताउनुभयो । मौजुदा विद्यालय व्यवस्थापन समिति अवैध भएको अवस्था र अहिले अभिभावकहरु बोलाएर विद्यालय व्यवस्थापन समिति गठन गर्ने अवस्था नभएकोले कामचलाउ रुपमा जनप्रतिनिधिको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन दिइएको भन्दै अवैध समितिलाई कुनै पनि रकम निकासा गर्नु कानुन विपरीत हुने भएकोले शिक्षा शाखाले परिपत्र गरेको बताउनुभयो । नगरप्रमुख पौडेलले आफ्नो निर्णय विरुद्ध केहि अराजक तत्वहरु निरन्तर रुपमा लामो समयदेखि लागि रहेपनि कानुनको विरुद्धमा गएर कसैको मन बुझाउन नसक्ने प्रष्ट पार्नुभयो । उहाँले यहि लफडाका कारण संघीय सरकार विद्यालयलाई प्राप्त हुने बजेट फ्रिज भएमा उपप्रमुख विष्णु कुमारी कडेल, नेपाली काँगे्रस गैँडाकोट, नेवीसंघ गैंडाकोट , नेपाल शिक्षक संघ र सम्वन्धित विद्यालयको प्रधानाध्यापक जिम्मेबार हुने चेतावनी दिनुभयो । बिद्यालय ब्यबस्थापन समिती छनौटको सम्बन्धमा नगरपालिकाको निर्णयप्रति नेपाल शिक्षक संघ नवलपुर, शिक्षक संघ गैंडाकोट ,नेपाल बिद्यार्थी संघ नवलपुर र नेपाली काग्रेश गैंडाकोटले यस अघि विज्ञप्ती निकालेर विरोध जनाएका थिए । उहाँले स्थानीय सरकारको निर्देशनलाई अक्षरस पालना गर्न यस माताहतका कर्मचारीहरुलाई निर्देशन दिदै कुनेै अनावश्यक मनसायका साथ अटेर गरेमा कानुन अनुसार विभागिय कारबाही गरिने पनि नगर प्रमुख पौडेलले चेतावनी दिनुभयो ।

यता नेपाल राष्ट्रिय शिक्षक संगठन गैंडाकोट नगर कमिटिले नगर शिक्षा शाखाको निर्णय स्वागत योग्य निर्णय भएको भन्दै यसको विरोध गर्नु बेमौसमी बाजाको टिप्पणी गरेको छ । संगठनका अध्यक्ष तिलकप्रसाद पराजुलीले आज हामी सँग कुरा गर्दै विश्व जगत नै कोरोनाको जोखीममा परेको बेला नगरपालिकाले शैक्षिक संस्थालाई परेको असजिलो फुकाउन अन्तरीम कालका लागि गरेको स्वाभाविक निर्णयलाई लिएर त्रसित नहुन आग्रह गर्नु भएको छ । अहिले विद्यार्थी, अभिभावक र समग्र पठनपाठनमा रहेका चुनौतीहरुको बारेमा केन्द्रित हुन छाडेर ससाना मुद्धामा अड्को थाप्ने प्रयासको संगठनले भत्सर्ना गरेको छ । नगरपालिकालाई विगत देखिनै बन्धक बनाउन नेपाली काँग्रेसको योजना अनुसार नै नाजायज कुरामा निउँ खाज्ने प्रवृतिनै गलत भएको भन्दै नगरको विकासमा सकारात्मक सहयोग गरी समृद्ध गैंडाकोट निर्माणमा जुट्न संगठनले आग्रह गरेको छ ।

यसैबीच नगरपालिकाका केहि विद्यालयले भने नगर शिक्षा शाखाको निर्देशन भन्दै विद्यालय व्यवस्थापन समिति गठन गरिसकेका छन् । गैंडाकोटको कालिका माध्यमिक विद्यालय , पितौजीको रत्न राज्य लक्ष्मी मा वि लगायतका विद्यालयमा सम्बन्धीत वडा अध्यक्षहरुको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भइसकेका छन् ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.