रेडियो संकेत

परिवर्तनको आवाज

उद्योग बाणिज्य संघनवलपुर ले जारी गर्यो विभिन्न माग सहितको प्रेस विज्ञप्ति

1 min read

गैंडाकोट,२३जेठ

विश्वभर फैलिएको कोभिड १९ को महामारी रोकथाम गर्न नेपाल सरकारले देशभर लागू गरेको लकडाउनको कारण सम्पूर्ण उद्योग व्यवसाय क्षेत्र ठप्प हुन गएको र यतिबेला सरकारले सम्पुर्ण व्यवसायी लाई अनिवार्य कर तिर्न गरेको आग्रह को बिरोध गर्दै उद्योग बाणिज्य संघ नवलपरासी (व.सु.पुर्व) ले बिहिवार प्रेस विज्ञप्ति निकालेको छ । निजि क्षेत्र सदैव सरकारका प्रत्येक निर्णय र कार्यक्रम प्रती सकारात्मक रहि सोही अनुसार भुमिका खेलेको बिगतका दिन र अहिले को बर्तमान समयमा समेत प्रष्ट रहेको भन्दै विज्ञप्तिमा नेपाल सरकारले बैंक ब्याज,विद्युत र करको दायरा घटाउनु को साटो महामारीको यो परिस्थितिमा समेत व्याबसायी लाई अनिवार्य कर तिर्न आग्रह गर्नुले सरकार व्यबसायी हरु प्रती कुनै सकारात्मक नरहेको बुझिएको जनाइएको छ । सरकार बाट विभिन्न प्रभावकारी राहत व्याबसायि लाई दिनु पर्नेमा पेसा व्यावासाय बन्द रहेको बेला मा राजस्व तिर्न ताकेता सहितको समय सिमा तोकिएको प्रती आपत्ती रहेको र २०७७ असार १५ गते सम्म कर दाखिला गर्ने व्यवस्था दिएको मा समग्र निजि क्षेत्र लाई लक डाउन खुलेको कम्तीमा तीन महिना पछि कर तिर्ने समय तोक्न माग समेत गरेको छ ।

उद्योग बाणिज्य संघ नवलपरासी (व.सु.पुर्व)का अध्यक्ष अमृत भट्टचन द्वारा हस्ताक्षरित नौ बुदा का माग सहितको प्रेस विज्ञप्तिमा नवलपुर क्षेत्र मा रहेका ब्यापार,व्यावसाय,स्वास्थ,शिक्षा,कृषि लगायत का प्रायः क्षेत्र चितवन मा आश्रित रहेकाले पछिल्लो समयमा चितवन जिल्ला प्रवेशलाई अमानवीय व्याबहार भएको प्रति ब्यापारी हरु लगायतका पेशा कर्मी हरुलाइ जिल्ला प्रवेशमा कडाइ गरिएकोमा आवतजावत कार्य सहज र सरल बनाउन चितवन प्रसाशन लाई माग समेत गरेको छ । साथै नवलपरासी (व.सु.पुर्व) मा रहेका व्यावसाय यथासिघ्र ड्ब्लुएचओ (WHO) ले तोकेको न्युनतम मापदण्डअनुसार आइसोलेसन बेड र व्यबस्थित क्वारेन्टाइन को निर्माणगरि जिल्ला भित्रका व्याबसाय संचालक गराउन जिल्लाका चार नगर र चार गाउँपालिका का प्रमुख हरुको ध्यानाकर्षण समेत गराएको छ आफ्ना श्रमिकहरूलाई पारिश्रमिक भुक्तानी गर्न समेत अप्ठ्यारो परेको छ । अहिलेको परिस्थितिमा उद्योग व्यवसाय क्षेत्रले अधिकतम ५० प्रतिशत भन्दा बढी पारिश्रमिक भुक्तानी गर्न अत्यन्त कठिन भएकाले श्रमिकको पारिश्रमिकको सम्वन्धमा नेपाल सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न ठूलो समस्या देखिएको छ । उद्योग र श्रमिक दुवैको बचाउ गर्नुपर्ने भएकाले उद्योग,कलकारखाना,पेसा,व्याबसाय संचालनमा सरकार लगायत सबै पक्ष बाट सकारात्मक सहयोग को अपेक्षा समेत प्रेस विज्ञप्तिमा गरिएको छ ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.