रेडियो संकेत

परिवर्तनको आवाज

ओली सरकारको राजिनामा माग्नु विधिसम्मत छैन ः अध्यक्ष महर

1 min read

आषाढ २७।

गैंडकोट राष्ट्रिय युवा संघ गैंडाकोटका युवाहरुको आयोजनामा आज कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नवलपुरका संयोजक कृष्ण कंडेलको सहजीकरणमा भएको सो भेटघाट कार्यक्रममा अनेरास्ववीयुका केन्दि«य अध्यक्ष ऐन महरले केपी ओलीको सरकार राष्ट्र र राष्ट्रियताको बचाउका लागि गठन भएको भन्दै केपी ओलीको राजिनामा माग्नु कुनै हालतमा विधि सम्मत नभएको बताउनु भयो । नेकपामा अहिले बहुमत र अल्पमत नभएको भन्दै कुनै पनि विषयमा निर्णय गर्दा दुवै अध्यक्षको सहमती चाहिने भन्दै अहिलेको अवस्थामा कसैले कारबाही गरेर पार्टीबाट हटाउने भन्ने विषयनै नभएको बताउनुभएको थियो । ओली सरकारले ऐतिहासीक काम गर्दै गएको र पछिल्लो समय सिमानाको रक्षाका लागि गरेको काम मन नपराउन सबै देशी विदेशी शक्तिहरु विरुद्धमा लागेको भन्दै तिनका विरुद्ध लड्न पनि केपी ओली सरकारको निरन्तरता आवश्यक रहेको बताउनुभएको थियो । उहाँँले यो सरकारको विकल्प खोजीनु पार्टी हित विपरीत , संविधानको मर्मविपरीत र जनतको अभिमतका विरुद्ध हुने पनि जिकीर गर्नु भयो । गैंडकोटको यलो हाउसमा भएको सो कार्यक्रममा राष्टि युवा संघका केन्द्रिय सदस्य रमेश आचार्यले मन्तब्य ब्यक्त गर्दै सरकार र पार्टी बलियो बनाउन, देश र जनताको अभिमतको कदर गर्न ओली सरकारको निरन्तरता चाहिने भएकोले सडकबाट युवारुको मत बलियो हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा नवलपुरका युवा नेता एवं गैंडाकोट नगरपालिका का वडा नम्बर पाँचका वडा अध्यक्ष नवराज कंडेलले केन्द्रिय नेताहरुलाई स्वागत गर्नु भएको थियो । राष्ट्रिय युवा संघका केन्द्रिय तहका नेताहरु एवं अनेरास्ववियुका केन्द्रिय तथा नवलपुर र चितवनका जिल्ला नेताहरुको पन िसहभागिता रहेको थियो ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.