रेडियो संकेत

परिवर्तनको आवाज

रिमालले गरे आफ्नो घरमा ब्याबसाय गर्ने लाई सटर घरभाडा छूट

1 min read

गैंडाकोट,२७ असार

पछिल्लो समय कोरोनाको कारण देश अझै आंशिक लकडाउनको अवस्थामा रहेकोले दैनिकरुपमा जीवन नै असहज भएको भन्दै गैँडाकोट नगरपालिका वडा नं ५ का शैक्षिक एवम् सामाजिक व्यक्तित्व गोविन्द रिमाल दम्पतीले लकडाउन अवधिमा बन्द रहेको सुलभ हार्डवेयरलाई रु ३० हजार घरभाडा छूट गरेका छन् । रिमालले यो माहामारीको समयमा जसले जहाँबाट सक्छ त्यहीबाट सहयोग गर्न आग्रह गर्नुहुदै समस्यमा परेका मानिसहरुलाई सहयोग गरे मात्रै साँचो अर्थमा धर्म हुने र यति बेला ब्यापार ब्याबसाय कोरोना कै कारणले निकै धरापमा परेको बेला सबैले सँगै बाच्नुपर्छ भन्दै सो सहयोग गरेको बताएका छन् । घर धनीले सहयोग गरेपछि आफूलाई ठुलो राहत मिलेको हार्डवेयर सञ्चालक शिवप्रसाद लामिछाने बताएका छन् । सहयोगी गोविन्द रिमाल नारायणी मावि. र एसपीएम कलेजमा अध्यापनरत एवम् विभिन्न संघसंस्थामा कार्यरत छन भने उनकी श्रीमती हिरा रिमालले स्थानीय बिद्यालय मा अध्यापन गराउछिन ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.