रेडियो संकेत

परिवर्तनको आवाज

महासंघ र जिल्लासंघ को सहयोग पौडेललाई

1 min read

गैंडाकोट,श्रावण १६
नेपाल विद्युतीय महासंघ र विद्युत ब्याबसायी संघ नवलपुरले आज कावासोतीमा एक कार्यक्रम गर्दै ब्याबसायमा आबद्ध सदस्यलाइ आर्थिक सहयोग रकम प्रदान गरेको छ ।

गैंडाकोट नगरपालिकामा रहेको बिजुलीपसलमा गएको मंसिर ६ गते अचानक आगलागी हुदा नवलपुर विद्युत ब्याबसासी संघका सदस्य नवराज पौडेलको पौडेल बिजुली पसलका करिब तिसलाख भन्दा बढीको सामान जलेर नस्ट भएको थियो । “नेपाल भर भएका विद्युतब्याबसाय गर्ने हाम्रा सदस्य हरु एक भएको र दुखमा दुख्ने र खुसीमा रमाउने उद्देश्यले महासंघको स्थापना भएकाले पाैडेललाई सहयाेग गरिएकाे महासंघका अध्यक्ष सुदर्शन पाैडेलले यस अघिनै बताउनु भएको थियो । कार्यक्रममा विद्युतियमहासंघका तर्फबाट नगद रु पच्चीसहजार पाँचसय पच्चीस र जिल्ला संघ नवलपुरले दशहजार रुपैयाँ सहयाेग गरेकाे जिल्ला संघ अध्यक्ष पुरुषाेत्तम भुसालले बताउनु भयाे ।
विद्युत ब्यबसायिहरुकाे साझा संगठनकाे रुपमा स्थापना भएकाे महासंघ र जिल्ला संघ नवलपुरले पछिल्लाे समय ब्यबसायिहरुलाई कुनै नकुनैरुपमा सहयाेगगर्दै आएकाे र आगामि दिनमा पनि यसलाई निरन्तरता दिने जिल्ला संघका अध्यक्ष पाैडेलले प्रतिक्रिया दिनुभयाे । संघको सदस्य भएकै कारण आज मेरो ठूलो समस्यामा साथ दिएकोमा दुबैसंघ लाई अग्नि पीडित पौडेल बिजुली पसलका प्रोपाइटर नवराज पौडेलले धन्यवाद दिएका थिए । कार्यक्रम सुजन अधिकारिकाे संयाेजकत्वमा सप्पन्न भएकाे थियाे ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.