रेडियो संकेत

परिवर्तनको आवाज

मौलाकालिकाबन ले गर्यो आफ्नो खाली जग्गामा वृक्षारोपण

1 min read

गैंडाकोट नगरपालिकामा रहेको मौलाकालिका सामुदायिक बन उपभोक्ता समुहको वार्षिक कार्यक्रम अनुसार सनिवार बनक्षेत्रमा पर्ने चोहार खोला खण्ड २ वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

बन समुहको वार्षिक कार्यक्रम अन्तरगत भरतपुर वर्दधाट २२० के.भि.ए प्रशारणलाइन रहेको खाली ठाउँमा रुख कटान भए सङै पैरोको जोखिम नहोस् भनी सोखाली जग्गामा अ्रिसो,जरिबुटी र गैरकास्ठ जन्यबिरुवा हरु रोपिएको छ । सभडिभिजन बन कार्यलय नवलपुरका प्रमुख सुर्य गुरुङको प्रमुख आतिथ्यता मा सम्पन्न भएको कार्यक्रम बन समितीका अध्यक्ष काशीनाथ कंडेलको सभापतित्वमा सप्पन्न भएको थियो । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष हरि प्रसाद सापकोटा,कार्यक्रम सम्योजक धना पौडेल लगाएत बेदप्रसाद गौडेल,शालिकराम सापकोटा लगाएत अतिथी रहनु भएको उक्त कार्यक्रममा बन समिती उपाध्यक्ष हरि प्रसाद सापकोटाले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.