रेडियो संकेत

परिवर्तनको आवाज

राधाकृष्णटोल को नेतृत्व पौडेललाई

1 min read

गैंडाकोट, श्रावण १७

राधाकृष्ण टोल बिकास संथाको तेस्रो साधारणसभा तथा तेस्रो अधिवेशनले गंगाप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्य समितिगठन गरेको छ ।

गैंडाकोट नगरपालिका वडा नम्बर ५ मा रहेको संस्थाले सनिवार आफ्नै वडाका वडा अध्यक्ष नवराज कंडेलको प्रमुख आथित्यतामा सो कार्यक्रम सम्पन्न गरेको हो । “गाउँतहको सानो एकाइको रुपमा रहेको टोल बिकास संस्थाको परिचालन गरि सामाजिक क्षेत्रको बिकासका लागि टोलबिकास संस्था परिचालन हुनुपर्नेमा जोड दिन चाहान्छु साथै टोलको बिकासका लागी वडा कार्यलय,नगरपालिका र आफ्नोतर्फबाट खुलेर साथ र समर्थनमा म सधैब रहने छु” प्रमुख अथिती कंडेलले कार्यक्रममा बोल्दै आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समय राधाकृष्ण टोल बिकास संस्थाको सक्रियतामा भएका बिकास निर्माणका क्रियाकलापको खुलेर प्रसम्सा गर्दै आगामी दिनमा टोलबस्तिको बिकासका लागि अझ बढी खट्नुपर्नेमा जोड दिएका थिए ।

साधारण सभामा टोल बिकास संस्था संजालका अध्यक्ष थानेश्वर रिजाल,वाड का जनप्रतिनिधि हरु पार्वती सापकोटा,हरि ढकाल लगाएत गिता तिवारी, लक्ष्मण कार्की, हरि लम्साल लगाएत अथिती रहेका थिए । टोलबिकास संस्थाका पुर्व अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता मा सम्पन्न भएको कार्यक्रमले उपाध्यक्षमा सुनिता न्येउपाने, सचीवमा शुदर्शन श्रेष्ठ, कोषाअध्यक्षमा मेघराज बि.क, स-सचीवमा सीता सापकोटा र सदस्य हरुमा सन्तोष भट्टराई, गोबिन्द गिरि, चन्द्रबहादुर थापा, लक्ष्मी पौडेल, सत्यवती रेग्मी, अञ्जु भण्डारी, राजु ढकाल लगाएत लाइ मनोनीत गरेको थियो । कार्यक्रममा सस्थाको बार्सिक बार्षिकप्रतिबेदन पुर्व सचिब होमनाथ न्येउपानेले राखेका थिए ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.