रेडियो संकेत

परिवर्तनको आवाज

शैलजा आचार्य स्मृति प्रतिष्ठानमा गौडेल

1 min read

नवलपुर ,

शैलजा आचार्य स्मृति प्रतिष्ठान नवलपुरको कार्यसमितीले पुर्णता पाएको छ । शैलजा आर्याय स्मृति प्रष्ठिान नवलपुरको अध्यक्षमा पुर्ण प्रसाद गौडेललाई केन्द्रिय कार्य समितीले मनोनयन गरे संगै नवलपुर जिल्ला कार्य समितीलाई पुर्णता दिइएको हो ।

गैडाकोट २ का पुर्ण प्रसाद गौडेलको अध्यक्षमा ९ सदस्य शैलजा आचार्य स्मृति प्रतिष्ठान नवलपुर शाखालाई पुर्णता दिइएको हो । जिल्ला शाखाको उपाध्यक्षमा गैडाकोट १ का चेतनाथ गौडेल , सचिवमा गैडाकोट २ का बिष्णु प्रसाद शर्मा , कोषाध्यक्षमा देवचुलि १५ का शिवलाल गैह्रे , सह सचिवमा गैडाकोट २ का इन्द्र कान्त रेग्मी लाई मनोनयन गरिएको हो । त्यसैगरी जिल्ला कार्य समिती सदस्यमा विनयी त्रिवेणी १ का रेखा कुमारी केसी ,कावासोती ३ का नवराज सुवेदी ,कावासोती ८ का बिन्दु भट्टराई ,गैडाकोट १ का कालिदास गौडेल रहनु भएको छ । नेपालि काग्रेस नेतृ स्वर्गिय शैलजा आचार्यको स्मृतिमा निर्माण गरिएको प्रष्ठिानले विभिन्न रचनात्मक कार्य गर्दै आएको जनाइएको छ । शैलजा आचार्य स्मृति प्रष्ठिानको केन्द्रिय अध्यक्षमा उमा रेग्मी रहनु भएको छ । नवलुर जिल्ला कार्यसमितीको शनिवार वसेको पहिलो कार्यसमिती वैठकले सामाजिक तहमा विभिन्न रचनात्मक कार्य गर्दै अगाडि वढ्ने निर्णय गरिएको नवलपुर जिल्ला अध्यक्ष पुर्ण प्रसाद गौडेलले वताउनु भयो । नवलपुर जिल्ला शाखा कार्यालय गैडाकोट २ मा स्थापना गरिएको अध्यक्ष गौडेलले जानकारी दिनु भयो ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.