भारतमा कोरोना संक्रमितको संख्या साढे २६ लाख नजिक
1 min read
भदौ १, २०७७ काठमाडौं :
भारतमा एकै दिन ५८ हजारभन्दा धेरै संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको संख्या झण्डै साढे २६ लाख पुगेकोे छ। पछिल्लो विवरण अनुसार भारतमा संक्रमितको संख्या २६ लाख ४७ हजार पुगेको छ। कोरोना संक्रमणले मृत्यु हुने मानिसको संख्या ५१ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ९ सय ६१ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५१ हजार ४५ पुगेको हो। अमेरिकामा ३५ हजार ८ सय, ब्राजिलमा २२ हजार ३ सय, कोलम्बियामा ११ हजार ६ सय, पेरुमा १० हजार १ सय, रसियामा ५ हजार, मेक्सिकोमा ६ हजार ३ सय र दक्षिण अफ्रिकामा ३ हजार ७ सय नयाँ संक्रमित थपिएका छन्। ब्राजिलमा ५ सय ५५, मेक्सिकोमा ६ सय ३५, अमेरिकामा ४ सय ९०, कोलम्बियामा २ सय ८७, पेरुमा २ सय ६, दक्षिण अफ्रिकामा १ सय ६२, रसियामा ६८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ४ सय ५५ जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या ७ लाख ७२ हजार ६ सय ८१ पुगेको छ। २ लाख १० हजारमा नयाँ संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या २ करोड १८ लाख १६ हजार नाघेको छ । तीमध्ये १ करोड ४५ लाख ५२ हजार भन्दा धेरै उपचारपछि संक्रमणमुक्त भएका छन्।