रेडियो संकेत

परिवर्तनको आवाज

सुन्दर यातायातले सञ्चालनमा ल्यायो इ-पेमेन्टका लागि स्मार्ट कार्ड

1 min read

भदौ १, २०७७ काठमाडौं :

सुन्दर यातायात प्रालिले साना तथा ठूला सार्वजनिक यातायातमा जडान गरी सञ्चालन गर्न सकिने इ–पेमेन्ट र सरल तरिकाले प्रयोग गर्न मिल्ने विद्युतीय स्मार्ट कार्ड सञ्चालनमा ल्याएको छ। प्रालिले आइतबार एक विज्ञप्ति जारी गर्दे स्मार्ट कार्ड सञ्चालनमा ल्याएको जानकारी दिएको हो। ‘आइपे पाइभेट लिमिटेडको संयुक्त सहकार्यमा उक्त कार्डमार्फत जुनसुकै प्रकारका सवारी साधनमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साधारण व्यक्ति, विद्यार्थी, अशक्त सबैले अलग–अलग प्रयोग गर्न मिल्ने यो कार्ड २०० र ५०० रुपैयाँमा खरिद गरेपछि जुनसुकै डिपार्टमेण्ट स्टोर, स्टेसनरी सबैतिर प्रयोग गर्न मिल्ने छ। यो कार्डको अवधि एक वर्ष रहने र २०० मा खरिद गरेको कार्डले २५० रुपैयाँको यात्रा गर्न मिल्ने छ। उक्त कार्डमार्फत भने अन्य सुविधा लिन मिल्ने छैन। यो यातायात को लागि मात्र काम लाग्ने छ।’  कार्डमा कुनै पनि डिजिटल पेमेन्टबाट भुक्तान गर्न सकिने  र यो कार्ड छिट्टै जडान गरेको यातायात, स्टेसनरी, डिपार्टमेन्ट स्टोर र ई–सेवा बाट अनलाइन खरिद गर्न मिल्ने विज्ञप्तिमा उल्लेख छ। 

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.