रेडियो संकेत

परिवर्तनको आवाज

चितवनको पल्लबले गर्यो कार्यक्रम सम्पन्न

1 min read

नारायणगढ, शनिबार
चितवनमा रहेको ‘पल्लव साहित्य प्रतिष्ठान’ ले शनिबार भर्च्युअल जुम प्रविधिबाट देशभरका स्रष्टाहरूको उपस्थितिमा दुई चरणको काव्य वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका संस्थापक अध्यक्ष गोर्खे साइँलो (ऋषिप्रसाद लामछाने)ले सञ्चालन तथा सचिव दीपेन्द्रकुमार जोशी ‘निक’ ले प्रविधि सहजीकरण गरेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष हुसैन खाँको सभापतित्व र वरिष्ठ गजलकार एवम् महाकाव्यकार केशवराज आमोदी प्रमुख अतिथि रहेका थिय । कार्यक्रमका विशेष अतिथिहरूमा वरिष्ठ छन्द काव्यकार गोविन्दराज विनोदी , वरिष्ठ साहित्यकार कलानिधि दाहाल , कोकिल कण्ठका धनी प्राध्यापक कवि शिव त्रिपाठी रहेका थिय । कार्यक्रममा उपस्थित अतिथिमा रामहरि शर्मा ‘शराह’, मीरा तिमिल्सिना , हरिप्रिया रिजाल , शान्ति अधिकारी पोखरेल , छिरिङ शर्पा , लीलानाथ सिलुवाल (इनरूवा), रमेन्द्र कोइराला लगायतले पल्लब प्रतिस्ठानले साहित्य मार्फत समाजमा रहेका बिसङ्गती र समसामयिक बिसयमा आ-आफ्ना रचनात्मक प्रस्तुती राखेका थिए ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.