रेडियो संकेत

परिवर्तनको आवाज

सकरात्मक सोचको विकास गर्न सकेमा कोरोनालाइ सजिलै परास्त गर्न सकिने

1 min read

देवचुली/भदौ ११
कोरोना भाईरसबाट पोजेटिभ देखीहालेमा पनि आफु भित्रको सकरात्मक सोचको विकास गर्न सकेमा त्यसलाई सजिलै परास्त गर्न सकीने कुरा नवलपुरका १४ वर्षिय कोरोना सक्रंमीत किशोरी गरिमा पोख्रेलले बताउनुभयो ।
आज जागृति बाल तथा युवा सरोकार नेपालले देवचुली नगरपालिकाका किशोरीहरुसँगको अन्तरक्रिया र छलफल कार्यक्रममा सो कुराहरु उहाँले राख्नुभएको हो ।
कोरोना पोजेटिभ देखीएपछी एकदमै डर लाग्ने र केही समस्याहरु हुन्छ की भन्ने हुन्थ्यो तर यसको उत्तम उपाय भनेको त पहिला आफु सुरक्षित हुनु नै हो र यदी सक्रँमण देखीहालेमा त्यसको उपचार भनेको नै आफ्नो स्वास्थ्यको हेरचाह गर्ने र मनमा साहस राखेर सकरात्मक भावनाको विकास गर्नु नै हो । 

पोजेटिभ पश्चात हाल उहाँ नवलपुरको देवचुलीमा रहेको अस्थायी कोरोना अस्पताल रजहर प्राकृतिक चिकित्सालयबाट नै प्रत्यक्ष संवादमा जोडीदै, त्यहाँको आईसोलेसन किशोरीमैत्री र बालमैत्री समेत रहेको प्राकृतिक विधीबाट उपचारहरु र नियमित रुपमा खेलकुद, ध्यान, मेडीटेशनको समेत व्यवस्था भएकोले मानसीक रुपमा केही समस्या नपरेको समेत बताउनुभयो ।
त्यस्तै सोही कार्यक्रममा कोरोना सक्रंमीत पत्रकार रमेश बस्ताकोटीले यो कोरोना सवैलाई हुन सक्ने भएकोले सवैभन्दा महत्वपूर्ण पक्ष भनेकौ नै सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र सावुन पानीले हात धुनै नै हो ।
दुरी कायम गरेर मात्र बाहीर निस्कने र सकेसम्म घरमा नै बसेर कार्य गर्न सकीने हो भने यो महामारीबाट सजिलै जोगीने बस्ताकोटीले बताउनुभयो । 

साथै सामाजिक रुपमा जुन हेलाको भावले सक्रंमीतलाई हेरीएको छ, त्यसो नगर्नको लागि किशोरीहरुले आफ्नो घरबाट नै यसको अभियानहरु सुरु गर्ने र सोही अनुसार नै घरका सदस्यहरु र वरीपरि रहेकालाई सिकाउनको लागि विभिन्न अभियानहरु सुरु गर्न सक्ने कुरा उहाँले बताउनुभयो ।
जागृति बाल तथा युवा सरोकार नेपालले कन्नालन स्विजरल्याण्ड अन्तर्गतका साथी शिक्षकहरुको क्षमता अभिबृद्धीको लागि सो कार्यक्रमको आयोजना गरिएको र सो कार्यक्रममा ४५ जना किशोरीहरु, संस्थाका कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु र अन्य व्यक्तीहरु गरी ५५ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.