रेडियो संकेत

परिवर्तनको आवाज

“अन्तराष्ट्रिय नेपाली साहित्य समाज”नर्वेमा पुनः विष्णुमाया विभुको नेतृत्व

1 min read



भाषा मरे सँस्कृती मर्छ। आधुनिक युगमा नेपालीहरू संसारको जुन कुनामा बसोबास गरे पनि आफ्नो भाषा, सँस्कृतीको जगेर्ना गरेका छन् र गर्नु पर्दछ। मातृभाषाको रक्षा गर्नु र त्यसको जगेर्ना गर्नु व्यक्तीको कर्तव्य पनि हो। आफ्नो भाषा, सँस्कृती नयाँ पुस्तामा बिस्तार गर्नु महत्वपूर्ण हुन्छ, त्यसका निमित्त व्यक्तीको एकल प्रयास भन्दा सँस्थागत प्रयास अझै बढी प्रभावकारी हुन्छ भन्ने बिश्वासका साथ प्रबासमा नेपाली भाषा-साहित्य, कला सस्कृति र संगीतको विकास, प्रवर्धन र सम्बर्धन गर्दै यसलाई अन्तराष्ट्रिय जगतमा फैलाउने ऊद्देश्य बोकेर प्रवासी नेपालीहरू द्वारा स्थापना गरिएको “अन्तराष्ट्रिय नेपाली साहित्य समाज”

नर्वेको जन्म नर्वेको बोडोमा सन् २०१६ मा साहित्यकार, गीतकार बहुप्रतिभाशाली व्यक्तित्व श्री विष्णुमाया विभुको नेतृत्वमा भएको थियो।

विश्वव्यापी महामारी कोभिड-१९ बाट नर्वे पनि अछुतो रहन नसकेको कारण तोकिएको समयमा प्रथम अधिवेसन सम्पन्न गर्न संभव भएन। तथापी यही अगस्ट १६ आइतबारका दिन अनेसास नर्वेले आफ्नो प्रथम महाअधिवेसन सम्पन्न गर्न सफल भएको छ। सामाजिक दूरी कायम राखेर सम्पन्न गरिएको ऊक्त कार्यक्रमको अध्यक्षता समाजकी अध्यक्ष साहित्यकार बिभुले गर्नु भएको थियो भने प्रमुख अतिथीमा प्रा डा. बिशाल सिटौला रहनु भएको थियो। विविध कारणले भौतिक रुपमा उपस्थित हुन असमर्थ हुनु भएका साहित्यप्रेमीहरुले ईन्टरनेटको माध्यामबाट सहभागीता जनाऊनुको साथै आफ्नो मन्तव्य पनि राख्नुभएको थियो।

अनेसास नर्वेलाई जन्माउन र हुर्काउनमा साहित्यकार विभुले गर्नु भएको अतुलनिय योगदानको कदर गर्दै अधिवेसनले वहाँलाई पुन: अध्यक्षमा चयन गरेको थियो। त्यसैगरी आइतबार सम्पन्न अधिवेसनले राजन सुबेदीलाई उपाध्यक्ष, हरी पाठकलाई सचिव, दर्पण तिमिलसेनालाई सह-सचिव र पुष्पा पौडेललाई कोषाध्यक्षमा निर्बिरोध चयन गरेको छ भने समाजको सदस्यहरूमा क्रमश बिष्णु क्षेत्री, लक्ष्मी पौडेल पन्थी, संगीहहता बस्नेत थापा ,बिष्णु गौतम, इश्वर खत्री, रमा देवी अर्याल,राजन अधिकारी र चण्डिका पौडेलाई चयन गरेको थियो भने सल्लाहकारमा साहित्यकार डिल्लीराम आचार्य, प्रोफेसर डा. कृष्ण पन्थी, प्रोफेसर डा. बिशाल सिटौला, साहित्यकार शिव अधिकारी तथा समाजसेवी शालिकराम अर्याल लगाएतका बरिष्ठ व्यक्तित्वहरु रहनु भएको छ।

खुम ढकालले संचालन गर्नु भएको ऊक्त कार्यक्रममा सहभागी बिभिन्न व्यक्ति तथा श्रष्टाहरुले अनेसास नर्वेको, पृष्ठभूमि, उदेश्य तथा योगदानको बारेमा प्रकाश पार्दै यसको आबश्यकता र महत्त्वको बिषयमा बोल्नुको साथै आफ्ना रचनाहरू पनि वाचन गर्नु भएको थियो।

कार्यक्रममा बक्ताहरूले नर्बेमा रहेका कुनैपनि नेपाली संघसस्थाहरुमा आज सम्म महिलाको नेतृत्व नरहेको र कार्यक्रमहरुमा समेत महिलाको सहभागिता न्युन रहदै आएको अबस्थामा अनेसास नर्बेकी अध्यक्ष नै महिला रहनु भएको र उहाँको नेतृत्वमा ५०% महिला सहभागिता सहितको कार्य समिति गठन भएकोमा अध्यक्ष बिष्णुमाया बिभुको खुलेरै प्रसंशा गर्नु भएको थियो भने साहित्यलाई आफ्नो जीवन ठान्ने साहित्यकार विभुले, नेपाली भाषा-साहित्य, कला सस्कृति र संगीतको विकास, प्रवर्धन र सम्बर्धन गर्दै यसलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन आफु बाँचुन्जेल सदैव सक्रिय रुपमा निरन्तर लागीरहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।(राजन सुबेदी,नर्वे)

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.