रेडियो संकेत

परिवर्तनको आवाज

बुटवल कोरोना विशेष अस्पतालमा दुई संक्रमितको मृत्यु

1 min read

रूपन्देहीको बुटवल कोरोना विशेष अस्पतालमा थप दुईजना संक्रमितको मृत्यु भएको छ। नवलपरासीकी एक महिला र रुपन्देहीका एक पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार नवलपरासीको प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ४० वर्षीय पुरुषको शुक्रबार राति ११ बजे मृत्यु भएको हो। बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए। उनीहरुको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो। दुवैमा ज्वरो र श्वासप्रश्वासको समस्या रहे पनि अरु कुनै दीर्घरोगको समस्या नरहेको डा. गौतमले जानकारी दिए। योसँगै रुपन्देही जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.