रेडियो संकेत

परिवर्तनको आवाज

बाग्लुङ पहिरो : १४ शवमध्ये १३ को सनाखत

1 min read

बाग्लुङ : बाढी–पहिरोलेमा परी ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये १३ जनाको सनाखत भएको छ। एकजनाको शव शनाखत हुन बाँकी छ। गत बुधबार राति आएको बाढी–पहिरोमा परी मृत्यु भएकामध्ये वडा नम्बर ९ की २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीया रीमकुमारी घर्ती मगर, ३२ वर्षीया सीता बुढा, २६ वर्षीया केशमाया विक, ११ वर्षीय मदन विक, २२ वर्षीया जीवन विक र ११ वर्षीय डल्ले विकको शव आवश्यक कानुनी प्रक्रिया पुर्याएर आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए। त्यसैगरी ६ वर्षीय विराज विक, २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीय प्रेम पुन, १३ वर्षीया पुनी विक, ६५ वर्षीय डोटी पुन र ४६ वर्षीया करबहादुर विकको पहिचान गरी आफन्तलाई जिम्मा लगाइएको भण्डारीले बताए। घटनामा बेपत्ता भएका २४ जनाको खोजी कार्य जारी भने रहेको छ।  नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले नदीकिनारमा खोजतलास गरिरहेको प्रहरी निरीक्षक भण्डारीले बताए। बाढी–पहिरोले बोबाङको फल्लेघर, सुकुरदुङ, घट्टबोट, लाकुरीबोटलगायतका स्थानमा अधिकांश घरहरु क्षतिग्रस्त देखिएको उनले बताए। वडा नम्बर ९ र ८ मा करिब ४० घर बगेको देखिएपछि वडाबाट आवश्यक तथ्यांक संकलन सुरुभएको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले बताए। पहिरोमा परि ८० घरमा पूर्ण क्षति, ५१ घरमा आंशिक क्षति, ११ वटा लघुजलविद्युत, स्वास्थ्य इकाई एक, झोलुङ्गे पुल ११, ढलान पुल ५, काठे पुल १० र २ विद्यालयमा क्षती पुगेको नगरपालिकाले विज्ञप्ति जारी गरि जनाएको छ। 

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.