रेडियो संकेत

परिवर्तनको आवाज

मोवाइल बाटै पुस्तक लेखेर बिमोचन, नानी विवुको अनुक्रोश

1 min read

असोज ४ गैंडाकोट

नानी विवुको अनुक्रोश नामक उपन्यास पुस्तक आज गैंडाकोटमा विमोचन गरिएको छ। अनुक्रोश नामक पुस्तक नानी विवुको पहिलो सस्करण हो ।
पुस्तक विमोचन गैडाकोटमा एक कार्यक्रम गरि पुस्तक लेखक नानी विवु, सुर्य वि.सी, गोविन्धराज विनोदि गैंडाकोट नगरपालिकाकि उपमेयर विष्णु कुमारी कंडेल, तर्कमा शर्मा, शान्ति शर्मा मिलेर पुस्तक सार्वजनिक गरेका थिए ।

पुस्तक सार्वजनिक गर्दै पुस्तक को तर्कमा शर्मा र शान्ति शर्माले पुस्तक समिक्षा गरेका थिए। समाजको यथार्थतामा लेखिएको यो पुस्तकमा ३१००० शब्द रहेको र अभिभावक हुदा पनि मानिस अनाथ हुनु परेको र नहुदा पनि अनाथ हुनु परेको देखि लिएर रजस्वला हुदा मानिसले भोग्नु परेको पिडालाई यस उपन्यासमा समावेश गरिएको शान्ति शर्माले बताए। अर्का समिक्ष्यक तर्कमा शर्माले भने पुस्तकको समीक्षा गर्दै शारीरिक अवस्थामा अशक्त आखा पनि एकदमै कम मात्रामा देख्ने नानी विवुको साहित्यिक लगाव र ३१००० शब्दको किताब पनि मोवाइल मै लेखेर पुस्तक छाप्नु महान कार्यरहेको भन्दै प्रशंसा गरेका थिए।


कार्यक्रमको विशिस्ट अतिथि तथा गैंडाकोट नगरपालिकाकि उपमेयर विष्णु कुमारी कंडेलले गैंडाकोटको स्रस्टालाई आज सम्म पनि नचिनेको भन्दै दुख प्रकट गर्नुको साथै प्रोत्सान स्वरूप ५००० रुपैया दिने घोषणा गरेका थिए। उपमेयरले आफ्नो नगरवासी एउटा नया स्रस्टा थपिएको भन्दै खुसि प्रकट गर्नुको साथै आउदा दिनमा पनि आफुले सक्दो सहयोग गर्ने बताए।

कार्यक्रमको प्रमुख अतिथि साहित्यकार गोविन्दराज विनोदीले बधाई दिनुको साथै उनलाई आउदा दिनमा सहयोग गर्ने प्रतिबध्दता जनाउनु भयो। विनोदिले विवुको साहित्यिक लगाव प्रशंसा गर्न लाएक रहेको भन्दै उनको प्रशंसा गरेका थिए। कार्यक्रमका सभापति सुर्य वि.सीले नानी विवु नामक फाउन्डेसन खोलि आगामी दिनमा साहित्यिक कार्यक्रम सोहि फाउन्डेसन मार्फत गरिने बताए।

कार्यक्रममा उपन्यासकार नानि विवुले भने आफुलाई एक डाक्टर बाट उपन्यास लेख्ने प्रेरणा मिलेको बताएका थिए। ४र५ वर्ष अगाडी आफु सारै विरामी भएको र सोहि विरामीको कारण दिप्रेसनमा समेत गएको र औषधि गर्न जादा डाक्टरले आफु भन्दा दुखिलाई हेर्नु र सन्तोष मान्नु भनेर भने पछी दुखि गरिबको पिडा खोज्ने क्रममा यो पुस्तक लेखिएको बताए। आफ्नो पहिलो सस्करण रहेकोले पढेर साथ दिन र कमीकमजोरी बताई आगामी दिनमा राम्रो पुस्तक लेखनमा सहयोग गरिदिन आग्रह गरे।

नानी विवुले लेखेको अनुक्रोशको सम्पादन सुर्य वि.सीले गरेका हुन्। कार्यक्रमको आयोजक विएन पुस्तक संसार प्रा.लि बाट यसको प्रकाशन गरिएको हो। भने कार्यक्रमको व्यवस्थापन सम्पूर्ण किताबले गरेको थियो।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.