रेडियो संकेत

परिवर्तनको आवाज

संकेतका अधिकारी सहित पाँच स्रष्टा सम्मनित,साथमा कृति विमोचन

1 min read

नपलपुर , ९ कार्तिक

लक्ष्मी जयन्तीको अवसरमा रचना वाचन,स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम कावासोतीको  शिव मा.विमा शनिवार सम्पन्न भएको हो ।  
 
सम्मानित हुनेहरुमा भेषराज रिजाल,सरोज उजाड,टिका सापकोटा,वेद प्रसाद ढकाल,सुजन अधिकारी,अर्जुन अविरललाई  सम्मान गरेको हो ।
 


लक्ष्मीस्मृति साहित्य समाजका अध्यक्ष सडानन्द अभागीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद विष्णु लामिछाने प्रमुख अतिथिका रुपमा उपस्थीत रहनुभएको थियो ।
 
लामिछानेले कार्यक्रममा बोल्दै साहित्य समाजको ऐना भएकाले समाज परिवर्तनमा ऐनाको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो ।   
 
समाज हावि भएको समस्या खरावलाई  राम्रो भन्दै  सम्मान गर्ने प्रबृद्धि ढाकछोप नगर्ने र कलमकै माध्यमबाट अन्त गराउदै गए मुलुक अगाडि बन्नलाई समय नलाग्ने बताउनु भयो ।
  


त्यस्तै कार्यक्रममा साहित्यकार दिपक सोति,कृष्ण देवि शर्मा,लोकनाथ खरेल विषेश अतिथिमा रुपमा उपस्थीत रहरेका थिए । कार्यक्रममा नवलपुर क्षेत्रका साहित्यकार र साहित्य प्रेमिहरको उपस्थीत रहेका थिए । 
 
स्रष्टा सम्मानबाट सम्मानित  हुनु भएका वेद प्रसाद ढकालले कृति विमोचन सम्मेत गर्नु भएको थियो । 
 भाषा,साहित्य,कला,संस्कुति एवम ,स्रष्टाको  सधै सम्मान गरौ भन्दै लक्ष्मीस्मृति साहित्य समाज नपलपुरको सयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।   

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.