रेडियो संकेत

परिवर्तनको आवाज

धर्मानन्द शर्मा पौडेलको चन्द र चादनी कबिता संग्रह बिमोचन

1 min read

कार्तिक १६, गैंडाकोट
साहित्यकार धर्मानन्द शर्मा पौडेलको चन्द र चादनी कबिता संग्रह बिमोचन गरिएको छ । शनिबार श्ररिाम पार्टि प्यालेस गैंडाकोटमा एक कार्यक्रमको आयोजना गरि उक्त पुस्तक बिमोचन गरिएको हो । साहित्यकार प्रध्यापक चुडामणी बन्धुको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा चितवन नवलपरासीका साहित्यकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बिभिन्न साहित्यकारहरुले आफ्ना रचनाहरु समेत बाचन गरेका थिय । साहित्यकार धर्मानन्द शर्मा पौडेलको चन्द र चादनी कबिता संग्रह माथिको प्रकाश पार्दै साहित्यकार गोबिन्दराज बिनोदीले सबै क्षेत्र समेटेको कबिता संग्रह उत्कृष्ट रहेको थियो । उहाँले जनाकारी दिदै २१९ पृष्ठमा समाहित कबिता संग्रह राष्ट्र प्रेम , भाषा साहित्य,साहित्यकारहरुका अनुराग समाबेश समसामयिक बिषय,मानबताबाद,शैक्षिक आबरण,लगायत जिवन भोगाईलाई समेत समेटेर बनाईएको जानाकारी दिनुभयो । सबै क्षेत्रहरुलाई समेटेर बनाउको कबिता संग्रह एकपटक सबैले पढ्नुपर्ने बताउनुभयो । त्रिबेणी साहित्य परिषदको आयोजनामा सञ्चालन भएको कार्यक्रम त्रिबेणी साहित्य परिषद नबलपरासीका अध्यक्ष नारायण प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.