रेडियो संकेत

परिवर्तनको आवाज

“सामाजिक सेवा पथका यात्री वेदप्रसाद गौडेल”कृति बिमोचन

1 min read

गैंडाकोट

“सामाजिक सेवा पथका यात्री वेदप्रसाद गौडेल” कृति गैंडाकोटमा बिमोचन गरिएको छ । गौडेल निवास गैंडाकोट २ भृकुटीचोकमा मंगलबार वैकुष्ठ पूर्णिमाका दिन विविध वैदिक अनुष्ठान सहित लक्ष्यवर्ती यज्ञ पश्चात श्री हरिहर संन्यास आश्रम तथा परमानन्द संस्कृत गुरुकुलम देवघाटधाम तनहुँका पिठाधिश एवं नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूले कृति लोकर्पण गर्नुभएको थियो ।
सो अवसरमा उहाँले धर्मपूर्वक आर्जित सम्पत्ती सत्य हुने जनाउँदै धर्म, सस्ंकृति, मातापिता, गुरुदेव र राष्ट्रलाई कहिल्यै भुल्न नहुने बताउनुभयो ।
उहाँले वेदप्रसाद गौडेलले सामाजिक विकासमा पु¥याएको योगदान अतुलनिय रहेको उल्लेख गर्दै यस कृतिले नेपाली समाजलाई धर्मचरणपुर्वक आफ्ना कर्तव्यपथमा सतत क्रियाशिल रही वैयक्तिक, पारिवारिक तथा सामाजिक दायित्व वहन गर्ने संस्कारको अभिवृद्धि गर्ने बताउनुभयो ।
कृतिमाथी समिक्षा गर्दै त्रिवेणी साहित्य परिषद्का अध्यक्ष प्रा।डा। नारायणप्रसाद खनालले गौडेलका ६३ वर्ष लामो जीवनयात्रा र समाजसेवा – राष्ट्रसेवाको एक लघु दर्पणका रुपमा तयार भएको उल्लेख गर्दै यस पुस्तकबाट प्रर्याप्त लाभ लिन सकिने बताउनुभयो । गौडेलका जन्मदेखी हालसम्मका योगदान, गौडेलका लेखहरु, विविध व्यक्तित्वका आलेखहरु २८० पृष्ठमा समावेश गरिएका छन् ।


कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै वेदप्रसाद गौडेलले त्रिवेणी साहित्य परिषद् लगायत समुदायका हरेक व्यक्तिले लगाएको गुन कहिल्यै नविर्सने बताउनुभयो । सो अवसरमा वेदप्रसाद गौडेल एवम् उहाँकी धर्मपत्नी एवम् कृतिका संरक्षक टीकादेवी गौडेललाई विभिन्न संघसंस्थाले सम्मान प्रकट गरेका थिए ।
कार्यक्रमका अध्यक्ष एवम् कृति सम्पादन समितिका संयोजक, कविवर गोविन्दराज विनोदीले कृति निकै उत्कृष्ट रहेको उल्लेख गर्दै समाजमा गरेका कामलाई जीवन्त राख्न सहयोग पुग्ने बताउनुभयो ।
२०१४ सालमा पर्वत मुडिकुवामा जन्मनुभएका गौडेल २७ वटा भन्दा बढी संस्थामा आजिवन सदस्य, ६५ वटा संघ संस्थामा हालपनि आवद्ध र ४८ वढि संघ संस्थामा सहयोग प्रदान गर्नुभएको छ । वेदप्रसाद गौडेल यसअघि साविक गैंडाकोट, अमरापुरी गाविसको पुर्व अध्यक्ष एवम् सचिव रहनुभएको थियो ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.