रेडियो संकेत

परिवर्तनको आवाज

रेडियो संकेतका शुभचिन्तक पंगेनी सहित चार जना पत्रकार सम्मानीत

1 min read

गैंडाकोट,४मंसिर गैडाकोट मा रहेको साईनिङ आवासीय माविले आफ्नो रजत जयन्तीको अवसर पारेर बुधबार एक कार्यक्रमका बिच पत्रकार र साहित्यकारहरुलाई सम्मान गरेको छ । नवलपुरमा रहेर पत्रकारीताको माध्यमबाट समाजको विकास र जनताको आवज बनेर सक्रिय रुपमा कलम चलाउन प्रयासरत रहेको भनि रेडियो संकेतका शुभचिन्तक हिमालदेव पंगेनी सहित जिल्लाका अन्य तिन जना पत्रकारलाई सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ नवलपुर अध्यक्ष तथा गोरखापत्रका संवाददाता होमराज रानाभाट , नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशा कोषध्यक्ष एवम् एबीसी टेलिभिजनका संवाददाता दिपक भट्टराई र प्रेस चौतारी नवलपुरका अध्यक्ष हिमालदेव पंगेनीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । कार्यक्रममा सम्म्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रा. डा. चुडामणी बन्धु र कार्यक्रम संयोजक ईन्दिरा चापागाई दवाडीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । यसैगरी कार्यक्रममा साहित्कार डा. नारायण प्रसाद खानाल , कविवर गोबिन्दराज विनोदी , गायत्री श्रेष्ट , प्रकाश चापागाई र केदारनाथ खनाललाई पनि दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । साहित्यको माधयमबाट समाजभित्रका कुसंस्कार र कुरीतिलाई चिर्न श्रष्टाहरुले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको कार्यक्रम संयोजक ईन्दिरा चापागाई दावाडीले बताईन् । कार्यक्रममा शूर्पणखा खण्डकाव्य माथी अन्तकृया कृति लोकार्पण समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी खनाल र अध्यक्ष दवाडीले कृतिको संयुक्त रुपमा लोकार्पण गरे । यस्तै नवलपुर र चितवनका अग्रज साहित्यकारहरुले आफ्नो आफ्नो रचना समेत वाचन गरेको थिए । विद्यालयले रजत जयन्तीका अवसरमा मंसिर २ गते पूर्व विद्यार्थीहरुसंगको वैठक सम्पन्न गरिसकेको छ भने , मंसिर ८ देखि १० गते सम्म आन्तरिक खेलकुद प्रतियोगिता, ११ गते देखि १३ गते सम्म अतिरिक्त क्रियाकलाप, १५ गते शिक्षामा शाइनिङको भूमिका विषयक अन्तरक्रिया, १८ गते भूपु विद्यार्थीहरु विच अन्तरक्रिया तथा सम्मान कार्यक्रम गर्ने जनाएको छ ।

यस्तै २० गते अभिभावकको सुझाव संकलन, २१ गते पूर्व विद्यार्थी सम्मेलन, २३ गते शैक्षिक विकासका लागि लैंगिकतामा आधारित हिंसा न्यूनिकरण र मानव अधिकार विषयक अन्तरक्रिया, २४ गते दन्त शिविर, २५ गते आँखा शिविर, २६ गते स्वास्थ्य परिक्षण, २७ गते शिक्षक कर्मचारी विच खेलकुद प्रतियोगिता, २८ गते खुल्ला भजन प्रतियोगिता तथा ज्येष्ठ अभिभावक सम्मान, २९ गते लागु पदार्थ दुव्र्यसन नियन्त्रणमा समाजको भूमिका विषयक बक्तृत्वकला, ३० गते समुदायमा सरसफाई र्यालि आयोजना गरिएको छ । पौष २ गते अन्तर विद्यालय स्तरीय जंक आर्ट प्रतियोगिता, ४ गते अभिभावकविच हाजिरीजवाफ तथा म्युजिकल चेयर एवं विविध प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम र ८ गते रजत वर्ष समापन समारोह आयोजना गरिने विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद दवाडीले जानकारी दिए ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.