रेडियो संकेत

परिवर्तनको आवाज

मान्छे-मान्छेबाटै डराएर भाग्नु पर्ने बिडम्बना…

1 min read

विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को महामारीले यतिबेला संसारका मै हुँ भन्ने देशहरूको पनि सातो लिएको छ । चीनबाट सुरु भएको कोरोन भाइरस यतिबेला आफुलाई संसारकै दादा ठान्ने अमेरिकाको थाप्लोमा उभिएर पैसा र प्रबिधिको आडमा जे पनि गर्न सकिन्छ भन्ने भ्रममा बाँचिरहेको युरोपलाई गिज्याईरहेको अनुभूति हुन्छ। ज़े कुरामा पनि माथि बस्नु पर्ने अझ भनौं पहिलो बन्नुपर्ने अमेरिका यतिबेलाकोरोना संक्रमणको सुचिमा पनि पहिलो नंबरमा नै उभिएको छ भने कोरोनाले युरोपका इटाली, स्पेन, जर्मनी, यु. के. सुजरल्यांड र बेल्जियम हुदै कोरोनले युरोपमा राज गरिरहेका नर्बे, डेनमार्क, स्विडेन लगायतका देशहरूको समेत होस् उडाइरहेको छ।
 नर्वे-प्रसङ्गःकोरोनाले थिलथिलो बनेका इटाली, स्पेन, जर्मनी लगाएतका युरोपेली मुलुकहरूको तुलनामा नर्बेको अवस्था अहिले सम्मलाई त्यति भयाबह नदेखिए पनि सुरक्षित रहन भने सकेको छैन। आजको मिति सम्ममा नर्बेमा कोरोना संक्रमितको संख्या ५८६६ पुगेको छ, जस मध्ये ८३ जनाले ज्यान गुमाई सकेका छन् भने ३२ जना उपचार पछि निको भएका छन् ।राजधानी सहर ओस्लोमा मानिसहरूको थोरै चहलपहल देखिए पनि अन्य सहरहरू लगभग सुन्य छन्। आजै प्रकाशित समाचारका अनुसार नर्वेका स्वास्थ्य मन्त्रि बेन्त होइय (Bent Høie) ले नर्बेमा कोरोनाको माहामारी नियन्त्रणमा आइसकेको बताएका छन् तर पनि भोलिले कुन रङ लिएर आउने हो भन्न सकिने स्थिति भने छैन । सार्बजनिक सवारी नियमित रूपमै चलिरहे पनि यात्रु संख्या ज्यादै न्यून देखिन्छ।कतिपय सवारी बिना यात्रु गुडिरहेका छन् भने सयौं यात्रु बोक्ने ट्रेनहरू १० -२० जना यात्रु बोकेर दौडिरहेका छन् । अन्य विभिन्न देशहरूमा जस्तै नर्वेमा पनि यतिबेला स्कुल-कलेज लगाएत अन्य खेलकुद तथा शैक्षिक संगसंस्थाहरू गत मार्च १३ देखि अनिश्चित कालका लागि बन्द गरिएका छन्। कोरोना नियन्त्रण बाहिर गएको भन्दै, १२ मार्चमा सरकारले स्कुल कलेज बन्दको घोषणा गरेको भए पनि कर्मचारीलाई भने बिदा गरिएको छैन। जसका कारण कलेज तथा युनिभर्सिटीका विद्यार्थीको पढाई केहि हद सम्म अनलाईन कक्षा तथा डिजिटल शिक्षण मार्फत संचालन गरिएको छ भने स्कुले बालबालिकाले घरमा नै बसेर अनलाईनबाट आफ्नो अध्ययन जारी राखेका छन्।
अन्य क्षेत्रमा काम गर्ने कर्मचारीले पनि कार्यालयको काम सम्भब भए सम्म घरबाटै गर्ने सरकारको निर्देशन पालना गर्दै सके सम्म घरमै अफिस बनाएर काम गरिरेका छन् भने उद्योग कलकारखाना बन्द भएका कारण कति कर्मचारीले आफ्नो रोजगारी गुमाएका छन्। रोजगारी गुमाएका कर्मचारीलाई सरकारले तत्काल राहत प्याकेज घोसणा गर्नुका साथै बेरोजगार भत्ता लगायतका सुविधाहरूको व्यवस्था रहेको छ ।त्यसैगरी कोरोनाका कारण प्रभावित कम्पनीहरूलाई पनि सरकारले आर्थिक राहतको घोसना गरेको छ ।रेस्टुराँ, बार, पव लगायत भिडभाड हुने स्थल बन्द रहेका छन्। संक्रमित तथा क्वारेन्टाइनमा बस्नेहरूलाई जथाभावी हिँड्न रोक लगाइएको छ भने उक्त्त नियम उल्लंघन गरि हिड्नेलाई २० हजार क्रोनर जरिवाना समेत तोकिएको छ । अन्य नागरिकलाई पनि अत्यावश्यक कामबाहेक घरबाहिर नहिड्न निर्देशन गरिएको छ । तर, दैनिक उपभोग्य तथा अत्याबश्य समान किनमेलको लागि सुपरमार्केट यथाबत रूपमै खुलेका छन् र मानिसहरू निकै सजगताका साथ आवतजावत गरिरहेका छन्। यति हुदाहुदै पनि यहाँको अझै सकारात्मक पक्ष के छ भने सर्वप्रथम त यहाँका जनताहरू आफैँ सजग छन् भने सरकार जनताका लागि सकेको गर्न लागि परेको छ अनि जनताले पनि सरकारका हरेक पहल र प्रत्येक कदमलाई पूर्णरूपले सयोग पुर्याईरहेका छन् । मानिसहरू आफ्नो रक्षा र अरुको पनि सुरक्षामा सजग छन्, जिम्मेवार अनि उतिकै इमान्दार पनि छन्। संसारका कति पय देशहरूमा जस्तै समस्या र संकटमा पनि राजनितिकरण गरिदैन यहाँ, आकस्मिक मूल्य वृद्धि गरिदैन यहाँ अनि कालाबजारी गरिदैन । आपत-बिपतको पनि फाइदा उठाईदैन। मान्छेका लाशहरू संग पनि व्यापार गरिदैन यहाँ ।
नर्वेमा करिब तीन हजारको हाराहारीमा नेपाली रहेको अनुमान गरिएको छ भने आजको मिति सम्म यहाँ रहेका कुनै पनि नेपाली कोरोना संक्रमित भएको आधिकारिक खबर बाहिर आएको छैन । तथापी अध्ययन र रोजगारीको शिलशिलामा यहाँ बसोबास गरिरहेका नेपाली लगायत अन्य नेपाली मुलका व्यक्तिहरूले पनि कल कारखाना पूर्ण वा आंशिक रूपले प्रभावित भएका कारण रोजगारी गुमाउन पुगेका छन् भने कति चाही होटल रेष्टुरेन्ट व्यवसाय पूर्ण रूपमा बन्द भएका कारण पनि आर्थिक रूपले प्रभावित भएका छन्। तर सकारात्मक कुरा कोरोना संकटको यस विषम परिस्थितिमा ल्च्ल्ब् नर्बे लगायत यहाँ रहेका नेपाली संघसंस्थाहरू नर्वेमा कोरोनाका कारण समस्यामा परेका नेपालीलाई सहयोग गर्न एकजुट देखिन्छन् ।
कोरोनाले सिकाएका पाठःसिङ्गो विश्वलाई नै आक्रान्त बनाएको कोभीड १९ को महामारीले मानव बिनाससंगै आधुनिकताको नाममा प्रकृतिलाई नै भुल्दै गएको आजको दुनियालाई धेरै नै पाठहरू पनि सिकाइरहेको छ। कोरोना संक्रमणले चेपिएको विश्व चित्रलाई नियाल्दा मानिसहरू आफ्नो जीवनको मूल्य-मान्यता नै बिर्सेर, आफ्नो धर्म सस्कृति र सभ्यतालाई बेवास्ता गर्दै खोक्रो आडम्बरमा बाँचिरहेका थिए। जरो नै बिर्सेर टुप्पोमा रमिरहेका थिए, या भनौं मान्छेको शुद्द अथित्व शान्ति र प्रेम हो भन्ने यथार्थ भुलेर क्रोध, अहंकार, लोभ, मोह, इर्श्या, बदला र हिंसाको दलदलमारमाईरहेका थिए। तसर्थ, बुझ्ने हो भने मानिसले प्रकृतिलाई बिर्सिदै गयो भने प्रकृतिले पनि मानिसलाई भुल्दै जान सक्छ भन्ने संकेत पनि हो कोरोना-महामारी । घर्तीको अर्ति मन लागे सुन मन नलागे नसुन तर मनुष्य हो धर्तीको अर्ति चाही सुन्ने पर्छ है अब तिमीले – यो हो अहिलेको घडीको टिक। टिक। मान्छेहरू मोबाइलको टिक-टकु भित्र हराएको होसलाई झिकेर घडीको यस टिक टिकमा लगाए भने सहायद अझै पनि समय छ सुध्रिने र सुधार्ने आउने राम्रो भविष्यको लागि।
विकसित मानिएका पश्चिमेली मुलुकहरू त झन् बिज्ञान र प्रविधिको प्रयोगबाट जे पनि गर्न सम्भव छ भन्ने भ्रममा अल्झिरहेका थिए । प्रविधि त पर को कुरा , मर्दा पर्दा सम्झिने छिमेकीका कुरा पनि छोडौं, आफ्नै श्रीमतीले घिटी घिटी अबस्थाको आफ्नै श्रीमानलाई अनि आफ्नै आमाले मर्ने लागेको आफ्नो सन्तानलाई अंगालो हालेर माया, हात र साथ दिनुको साटो तर्केर भाग्नु पर्ने अवस्थाको कल्पना पक्कै कसैले गरे का थिएनन्। त्यसकारण भबिश्य अनिश्चित छ – अहंकार व्यर्थ छु भन्ने कुरा प्रष्ट पार्दै मानिसलाई आफ्नो लागि आफु नै हो, आफ्नो मित्र पनि आफै हो र शत्रु पनि आफु नै हो भनेर बुझ्न बाध्य बनाएको छ समयले यतिबेला। हो बास्तबमै कसैको लागि कोहि हुदैन, परि आएका बखतमा भन्ने पाठ प्रष्टैसंग सिकाउन भ्याएको छ कोरोनले। मानिस जन्मे पछि सबै कुरा अनिश्चित भएपनि यौटा कुरा चाहीँ सास्वत निश्चित छ र त्यो हो मृत्यु । तसर्थ मृत्युसंग डराएर बाचुन्जेल पनि कायर जिन्दगी जिउनु भन्दा मृत्युको सास्वत सत्यलाई स्वीकारेर आत्मसात गर्दै, मृत्युसंग मित्रता गाँस्दै जति बाचिन्छ मुस्काएर बाँच्न सक्नु पर्छ यौटा सफल जिन्दगी भनेर पनि पुनर्स्मृति गराई दिएको छ कोरोनले। ध्यान, योग, साधना जस्ता सस्कृति र सभ्यता मानिसका लागि धेरै उपयोगी थिए र छन् त्यसैगरी वनजंगल, जडिबुटी प्रकृतिले नै मानव हित र सेहदका लागि योजनाबद्ध रूपमानै बनाइ दिएकी थिइन् र हुन् तर यस तर्फ खासै चासो दिदैन मान्छे र बरु उल्टै जीव हत्या र हिंसा गरि रगत, मासु र हड्डीका औषधी बनाएर आफनै उमेर र शरीरसंग व्यापार गर्न खप्पिस भएको छ । त्यसैले, कोरोना आफुलाई जसले बनायो उसैसँग सिघौरी खेल्ने दुष्प्रयासको नतिजा नहोला पनि भन्न सकिन्न । किनभने बिज्ञान र प्रविधिले जति नै फड्को मारे पनि मानिसले प्रकृतिलाई कहिल्यै जित्न सक्दैन। यो त थोपोले सागरलाई हराउन खोज्नु जस्तो मात्रै हो। प्रकृतिले दिएका पंच तत्वलाई जित्न सक्ने यौटा पनि तत्व मान्छेले न आज सम्म बनाउन सकेको छ न भविष्यमा बनाउन नै सक्ने छ। तसर्थ सके प्रकृतिको महत्व बुझौँ, सम्मान गरौँ नसके पनि प्रकृतिको अपमान नगरौँ, बिरुद्धमा नजाउँ अन्यथा प्रकृतिलाई पनि आउँछ बअतष्यल लिन- भनेर पनि मनुस्यलाई दिनका दिन याद दिलाईरहेको छ कोरोनले यतिबेला। त्यस्तै भौतिक शारीरिक दुरी कायम राखेर पनि कसरी पारिबारिक सामाजिक सम्बन्ध बनाई राखने भन्ने कोरोनले सिकाएको अर्को पाठ हो भने छुटेका, फुटेका नाता-साइनो हरूलाई जुटाउनमा पनि कोरोनले भूमिका खेलेको छ। त्यसै गरि सबैभन्दा महत्त्वपूर्ण कुरा मानिसले स्वस्थ्य भएर बाँच्न पाउनु पर्दो रहेछ यानिकी ‘Wealth is somethingbut Health is everything’ भन्ने बास्तबिकता पनि दोहोर्याईदिएको छ । त्यसै गरि अर्को तर्फ संसारमै सबैका लागि सबैभन्दा मुल्यवान कुरा जीवन हो र जब रोग-ब्याधी, महामारी फैलिन्छ त्यतिबेला प्रत्यक व्यक्ति समाज र राष्ट्र लाई स्वास्थकर्मीको टड्कारो पर्ने रहेछ , सुरक्षाकर्मी, बैज्ञानिक, रिसर्चर लगायतका जनशक्तिको जरुरी पर्ने रहेछ खेलाडी र कलाकारको भन्दा पनि । त्यसैले यी क्षेत्र र यस्ता व्यक्तिमा सरकारले धेरै लगानी गर्नु बुद्धिमानी हुन्छ भनेर पनि सम्बन्धित सबैलाई राम्रैसँग बुझाईदिएको छ कोरोनले । बाँच्दै गरे नाँच्दै गरौँला भन्ने नेपाली भनाइलाई चरितार्थ गर्दै मानिसको जीवन भन्दा विशेष अरु केही रहेनछ भनेर पनि सम्झाई दिएको छ कोरोनले अहिले । त्यसैले त संसारमा यतिखेर महाशक्ति राष्ट्रदेखि साना-मसिना राष्ट्रको धेय पनि मानिसको ज्यान जोगाउने मै मात्र केन्द्रित रहेको छ । यतिबेला विश्वले मान्छे मान्छे बाटै डराएर भाग्नुपर्ने दुर्भाग्य भोगिरहेको छ । अहंकारको नशामा निदाइरहेका आजका मानिसलाई कोरोनाको शंखले साँच्चै नै ब्युझाई दिएको छ। विष्णुमाया विभु साहित्यकार तथा पी. एच. डी. रिसर्चर (समाज शास्त्र) हालः नर्वे

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.