रेडियो संकेत

परिवर्तनको आवाज

साहित्यकार विभुको”आउन पाइन घरमा” सार्वजनिक

1 min read

बरिष्ठ युवा संगीतकार हरि लम्सालको संगीत तथा युवा पुस्ताका चर्चित गायक सन्जिब पराजुलीको स्वरमा सजिएको साहित्यकार विभुको शब्दमा रहेको गित ‘”आउन पाइन घरमा” सार्बजनिक भएको छ । वर्तमान विश्वको विषम परिस्थिति र परिवेशले आज कसको मन आत्तिएको होला र, कसको जीवन नदुखेको होला र ! जीवनमा दुख-सुखका उकाली-ओराली चढ्न र झर्न मानिसलाई आफन्तको हात र साथ चाहिन्छ। एक्लो जीवन निरस छ। सहायद त्यसैले त मानिसले परिवार बनाउँछ। सुखभन्दा पनि अझ बढी दुख बिसाउन मानिसलाई आफन्तको साथ चाहिन्छ। तर यतिबेला आफ्नो घर-परिवारबाट टाढा, आफ्नो देशबाट पनि धेरै पर परदेशमा बसेर यत्रो ठुलो महामारीको एक्लै सामना गरिरहनु पर्दा मन सार्है आत्तिएको छ, जीवन निकै दुखेको छ। हो, यहि आतिएको मन यहि दुखेको जीवनको कथा हो, प्रतिबिम्ब हो यो गीत । यहि नमिठो वर्तमानले निथ्रुक्क भिजेको जिन्दगीलाई स्वर- संगीतको सहारामा शब्दको छाहारीमा बिसाउने सानो प्रयास हो यो। यतिबेला संसारमा लाखौ करोडौ मानिसहरु रहरले होस् वा बाध्यताले, कामको होस् वा अध्ययनको वा अन्य विविध शिलशिलामा आफ्नो घर-परिवार अनि आफ्नो देशदेखि पर छन् , बिरामी छन्, थुनिएका छन्, तड्पिएका छन्, बाटो बन्द छ, आकाश बन्द छ, हिजो जस्तै गाडीहरु गुड्दैनन् आज, जहाजहरु उड्दैनन् अचेल, कोभिड्को जेलमा परेका छन्, दैवको खेलमा परेका छन्! छिट्टै फर्कन्छन् या कहिल्यै फर्कदैनन् कसलाई के निश्चित छ र! यता घर-परिवार, नाबालक छोराछोरी, स-साना भाइबैनी, बुढा बाआमा अनि कतिका त हनिमुन सम्म पनि राम्ररी मनाउन नभ्याएका नौली-पौली दुलहीहरु मूल बाटो कुरेर, जहाज उड्न छोडेको त्यो बदलिएको आकाश हेर्दै बलिन्द्र आँशुले पछ्यौरी रुझाई रहेछन्। हो, उहाँहरु सबैको मनको आवाज हो यो। तसर्थ मैले यो गीत उहांहरु सम्पूर्णमा समर्पित गरेकी छु” रचनाकार बिभुले भनिन् । कोविड १९ को महामारी का कारण पिडामा परेका परदेशी प्रबासीको कथालाई अत्यन्तै सुन्दर अनि उस्तै मिठो र मार्मिक विभुको यस बिशेष शब्द उपहारले सबैको मन छुन र अहिले को यथास्थिति मा चर्चा को शिखर मा पुग्ने बिश्वास लिन सकिन्छ ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.