रेडियो संकेत

परिवर्तनको आवाज

दमौलीमा संचार माध्यमलाई नियन्त्रण गरेको प्रती महासंघको आपत्ती

1 min read

पोखरा,नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले तनहुँ को दमौली बाट प्रकाशन हुने दमौली न्युज डट कम लाई प्रकाशनमा रोक लगाएको प्रती आपत्ती प्रकट गरेको छ ।

सो अनलाइन ले दमौली अस्पतालमा भएको लापरबाही बारे समाचार प्रकाशन गरेको थियो । ” समाचार का बारेमा चित्त नबुझे कानुनी उपचार मा जाने बाटो हुँदाहुदै अनलाईन नै रोक्नु प्रेस स्वतन्त्रता को हनन हो । हामी दोषी माथि छानबिन गरि हदै सम्मको कारबाही को माग गर्दछौ ।” महासंघका अध्यक्ष नारायण प्रसाद शर्मा द्वारा मङलबार जारी बिज्ञप्ती मा भनिएको छ ।



महासंघले प्रेस स्वतन्त्रता बिरोधी कुनै पनि क्रियाकलाप आफुहरुलाई मान्य नहुने भन्दै दमौली घटनाको छानबिनको माग गरेको छ । “प्रेसलाई संकुचित गर्ने र नियन्त्रण गर्ने कुरा मान्य हुदैन ,तनहुँ को घटनाको न्यायायोचित छानबिन होस् । हामी स्वतन्त्र प्रेस को पक्षमा छौं । ” शर्माले भने ।

पछिल्लो समय प्रेस स्वतन्त्रता बिरुद्द को घटना बढेको भन्दै शर्माले स्वतन्त्र प्रेस का लागि महासंघ आन्दोलनमा उत्रने बताए । उनले दमौली न्युज डट कम लाई निर्बाध रुपमा समाचार सम्प्रेषण गर्ने बाताबरण बनाउन आग्रह गरेका छ्न् ।

Leave a Reply

Copyright © All rights reserved. | Developed by: Mimosa Tech. Solution | Newsphere by AF themes.